खोलामा डुबेर चितवनमा १६ वर्षीय युवकको मृत्यु

by समतल अनलाइन

चितवन । चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका–९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको आज दिउँसो डुबेर ज्यान गएको हो । प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुसन्धान शुरू गरेको जनाएको छ ।

 
 
  
 

You may also like