दिपाका दुबै मृगौला फेल भएपछि सहयोग जुटाईदिन परिवारको आग्रह

by समतल अनलाइन

बुटवल । रुपन्देहीको देवदह ७ की दिपा भट्टराई लामो समयदेखि मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेका छन् । ३१ वर्षीया दिपाको दुबै मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई दिन सबैसँग आग्रह गरेका हुन् ।

नेपालका काठमाण्डौ, भरतपुर र भारतका दिल्ली, पंजाव, राजस्थान लगायतका विभिन्न स्थानमा उपचार गराउदा निको नभएको र झण्डै ३० लाख खर्च भई सकेको दिपाका श्रीमान नुरकान्त भट्टराईले बताए । उनले श्रीमतीको उपचार गर्दागर्दा भएको पैसा सकिएको र आर्थिक अवस्था पनि निकै कामजोर भएकाले उपचारमा सहयोग गर्न आग्रह गरे । उनले शनिबार संचारकर्मीसँग कुरागर्दै उपचारका लागि खर्च जुटाईदिन सबैसँग आग्रह गरे । श्रीमती (दिपा) को उपचार गर्दागर्दा आफुसँग भएको सम्पत्ती समेत सकिसकेको बताउदै उनले थोरैथोरै भएपनि आर्थिक सहयोग गर्न आग्रह गरे ।

उनले पुर्वी नवलपरासी कावासोतीमा शाखा रहेको प्राईम बैंकको खाता नम्बर ०१५००७९७ पीडी थोरैथोरै भएपनि आर्थिक सहयोग गरिदिन आग्रह गरे । पाँच वर्षदेखि दुबै मृगौला फेल भएको र उपचार भई रहेको छ । दिपाको अहिले भरतपुर पुरानो मेडिकल कलेजमा उपचार चलि रहेको छ । दिपाका दुई सन्तान रहेको र मृगौला फेर्नुको विकल्प नभएको श्रीमान नुरकान्तले बताए । प्रत्येक हप्ता मृगौलाको डाइलोसिस गर्नु पर्ने सुनाएका नुरकान्तले एक हप्तामा पाँच हजार पाँचसयबढी खर्च लाग्ने बताए । मृगौला प्रत्यारोपण गर्नका लागि ३०–३५ लाख रुपैया लाग्ने भन्दै सहयोग जुटाई दिन दिपाका परिवारले आग्रह गरेका हुन् ।

 
 
  
 

You may also like