फेसबुक र इन्स्टाग्राममा भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध

by समतल अनलाइन

एजेन्सी– सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले भन्टा र आरुको इमोजी पठाउन प्रतिबन्ध लगाएको छ । यस्ता इमोजीले यौन हिंसा भएको जनाउँदै त्यस्ता इमोजी पठाउने अकाउन्टबहाकलाई फेसबुक र इन्स्टाग्रामले धमाधम कारबाही गर्न थालेको हो ।
महिलाका संवेदनशील अंग छोप्नका लागि इमोजीको प्रयोग गरिएमा पनि त्यस्ता अकाउन्टबाहकलाई कारबाही हुने भएको छ ।

भन्टा, आरु र वाटर ड्रप पानीको थोपाले यौनिक भाषामा सामाजिक सञ्जाल प्रयोग भएको भन्दै कम्पनीले फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकले आफ्नो विधानको कम्युनिटी स्ट्यान्डर्ड अन्तरगतको नियम परिमार्जन गरेर नयाँ नियम बनाएको हो । यौनिक संकेत प्रयोजनमा भन्टा, आरु र पानीको थोपा प्रयोग गरेमा वा महिलाको नाङ्गो तस्बिरमा गोप्य अंग छोप्न इमोजीको प्रयोग गरिएमा त्यसता एकाउन्टलाई कारबाही हुने फेसबुकले जनाएको छ ।

सामाजिक सञ्जालमा इमोजीको प्रयोगका विषयमा एकाउन्ट होल्डर सचेत नभएकाले यस्तो नियम लागू गरिएको फेसबुकले जनाएको डेलीमेलको समाचारमा उल्लेख छ । तर वास्तविक फलफूल र भन्टाको तस्बिर भने प्रतिबन्ध लगाउने वा नलागाउने भन्ने फेसबुकले प्रष्ट पारेको छैन ।

 
 
  
 

You may also like