‘हाड जोर्नी तथा न्युरोका बीरामीहरुलाई काठमाडौं जानु पर्ने बाध्यता हटेको छ’ – रुद्र कार्की

by समतल अनलाइन

बुटवल। बढदो सहरीकरण र सवारीको चापका कारण परदेश ५ को अस्थाई राजधानी बुटवल लगायत आसपासका क्षेत्रहरुमा दिनानुदिन सडक दुर्घटना बढीरहेको छ । सडक दुर्घटनामा परि बर्षेनी सयौंले ज्यान गुमाउछन । जानकारहरुका अनुसार दुर्घटना पश्चात तत्काल उपचार नपाई अधिकांशको मृत्यु हुने गर्दछ ।

चिकित्सक तथा यहाँका अभियन्ताहरुले दुर्घटनामा परेका घाईतेहरु लाई तत्काल उपचार दिई ज्यान बचाउनका लागि परदेशमा ट्रमा सेन्टर अपरिहार्य रहेको कुरा बारम्बार दोहो¥याउँदैं आएका छन । परदेश सरकारले बुटवल, दाङ, र बाँकेमा रहेका सरकारी अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने बताएको भएतापनि काम भने सुरु हुन सकेको छैन ।

यसैबिच बुटवलमा नीजि तवरले ट्रमा सेन्टर सन्चालनमा आएको छ । बुटवल–८ मा हालैमात्र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले ट्रमाको सुविधा सहित अत्याधुनिक अस्पताल सन्चालनमा ल्याएको हो । सोही क्रममा समतल अनलाईनका बुटवल संवाददाताले अस्पतालका संचालक समितिका सदस्य रुद्र कार्कीसंग गरेको कुराकानीको सम्पादित अंशः

अस्पतालहरु खुल्ने क्रम त बढीरहेको छ । तर, यो अस्पताल अन्य अस्पतालभन्दा सुविधाका हिसावले कसरी फरक छ ?

बुटवलमा अस्पतालहरु खुल्ने क्रम बढीरहेको छ । सोही बिचमा केही फरक र नयाँ सुविधाहरुसहित हामी आएका छौं । यस क्षेत्रमा ट्रमाका विरामीहरुले भरपर्दो स्वास्थ्य सेवाको कमि महसुसगरेकोहामीले थाहा पाएको थियौं । हाड जोर्नी तथा न्युरोका बीरामीहरुलाई काठमाडौं जानु पर्नेबाध्यताको बारेमा हामीले बुझेका थियौं । त्यसैले बुटवल र आसपासका जिल्लाहरुका विरामीहरुलाई ट्रमाका सेवाहरु दिन हामीहरु यहाँ आएका हौं ।

कस्तो चिकित्सकिय सेवा पाउन सकिन्छ ?
\
यो ट्रमा अस्पताल हो । हामीले हाडजोर्नी तथा ट्रमाका सेवाहरुलाई केन्द विन्दुमा राखेका छौं । यसका साथै नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी तथा इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा प्रदान गर्ने भनेका छौं ।
हामीले एम्प्युटीहरुका लागि अमेरिकाको साइन्स प्याक्चर केयार इन्टरनेशनल संग सहकार्य गरि खुट्टाको घुडाको आशपासमा २५० अमेरिकी डलर पर्ने विशेष रड निशुल्क रुपमा राखिदिने भनेका छौं । यो सुविधा यहाँकाअन्य अस्पतालबाट पाउन सकिदैंन ।

अन्य सुविधाहरु के के छन ?

हामीले फूल एसी सहित २४ वेड स्वीकृती प्राप्त गरेका छौं । हामीसँग आईसीयु सहितको ५० बेड क्षमता रहेको छ । सेवा परवाहमा चुस्त रहन हाल अस्पतालमा १४ जना डाक्टर र ९० जना स्टाफहरु हुनुहुन्छ ।

भविष्यमा कस्ता सुविधा थप गर्ने योजनामा हुनुहुन्छ ?

निकट भविष्यमा नै सिटि स्क्यान र एमआरआई का सेवाहरु पनि ल्याउने तैयारीमा छौं । त्यसपछि यो अस्पतालले आफ्नो क्षमता विस्तार गर्दै लैजाने छ ।

अस्पतालको पृष्ठभुमिका बारेमा बताइदिनुहोस न ?

यो अस्पताल बुटवल क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा सुरु गरिएको हो । ती मध्य अधिकांश स्वास्थ्य क्षेत्रका जानकार हुनुहुन्छ । हामीले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको समेत मापदण्ड पुरा गरि अस्पताल शुरु गरेका हौं ।

संचालक समिति,सदस्य

रुद्र कार्की

 
 
  
 

You may also like