काठमाडौंमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं– काठमाडौंको लप्सीफेदीमा यात्रु बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २० जनाभन्दा बढी घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सबैको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

 
 
  
 

You may also like