नेपाल ज्योतिष परिषद्को पाँचौ महाधिवेशन तयारी बैठक सम्पन्न

काठमाडौ। नेपाल ज्योतिष परिषद् केन्द्रिय समिती द्वारा आयोजित पाँचौ केन्द्रिय महाधिवेशन तयारी बैठक काठमाडौको होटल हार्दिकमा बसेको छ ।।

केन्द्रिय अध्यक्ष ज्यो.माधवराज पाण्डेयले आफ्नो छोटो कार्यपत्र प्रस्तुत गर्दै परिषद्का मातहतका समितिबाट छिटोभन्दा छिटो पार्षद छनोट गरि केन्द्रमा पठाउने , आगामी ५ बर्षमा गरिने कार्यक्रमको स्पष्ट मार्गचित्रसहितको नीति तथा कार्यक्रमको तयारी गर्ने , स्रोत र साधनको सीमितताको कारण उचित स्रोत व्यवस्थापनको लागि आर्थिक समिति गठन गर्ने , ज्योतिषशास्त्रको विविध विधा र भरसक समसामयिक प्रश्नको समेत सम्बोधन हुने गरि ” स्मारिका , ज्योतिष सन्देश पाँचौ अधिवेशन विशेष ” प्रकाशन गर्ने र मन्च , भोजन र उचित स्वयंसेवकको उचित व्यवस्थापन गर्ने लगाएतका निर्णय गरेको जानकारी दिनुभएको छ ।।

कार्यक्रममा नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा.लोकराज पौडेल , केन्द्रिय महासचिव आचार्य सन्तोष वाशिष्ठ , उपाध्यक्ष केशव धिताल , उपमहासचिव हरिदत्त लेखक , केन्द्रिय सदस्य वेदराज पन्त , प्रदेश नम्बर १ का प्रवक्ता घनश्याम चापागाई , प्रदेश नम्बर २ का प्रचार सचिव पिताम्बर पौडेल , प्रदेश नम्बर ३ का अध्यक्ष कमल प्रसाद काफ्ले , प्रदेश नम्बर ४ का अध्यक्ष रामप्रसाद कोइराला , प्रदेश नम्बर ५ का वरिष्ठ उपाध्यक्ष मेघराज आचार्य , प्रदेश नम्बर ६ का अध्यक्ष डा. गौरिशंकर शर्मा , उपत्यका समितिका अध्यक्ष ज्यो. ज्ञानेन्द्र प्र. जोशी , काठमाडौ जिल्ला अध्यक्ष दुर्गाध्वज कार्की , भक्तपुर जिल्ला अध्यक्ष केदारप्रसाद जोशी , गोरखा जिल्ला अध्यक्ष मिनप्रसाद भट्टराई र रुकुम पुर्वका सचीव मदन शर्मा लगाएतले मन्तव्य राख्दै संगठनको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

बैठकले केन्द्रिय उपाध्यक्ष केशव धितालको संयोजकत्वमा घोषणापत्र तथा नीति समिती , केन्द्रिय महासचिव सन्तोष वाशिष्ठको संयोजकत्वमा स्मारिका प्रकाशन तथा प्रचार समिति , केन्द्रिय सह- कोषाध्यक्ष जितेन्द्र कुमार शर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति , केन्द्रिय सचीव लक्ष्मण पन्थिको संयोजकत्वमा मन्च,भोजन तथा स्वयंसेवक व्यवस्थापन समिती गठन गरेको छ ।

कार्यक्रम केन्द्रिय अध्यक्ष ज्यो. माधवराज पाण्डेको अध्यक्षता , सचिव आचार्य लक्ष्मण पन्थिको सन्चालनमा सम्पन्न भएको आजिवन सदस्य शिवलाल पौडेलले जानकारी दिए ।

 
 
  
 

You may also like