क्यारेमलाई राष्ट्रिय खेलको मान्यता दिनु पर्ने

काठमाण्डौ। नेपालको ईतिहासमा पहिलो पटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा मान्यता दिने गरि योजना अगाडि बढेको बताइएको छ ।

त्यसका लागि खेलाडि छनोट प्रकृया पनि सकेको छ । अल नेपाल क्यारेम एशोसियशन (एएनसीए) ले राष्ट्रिय स्तरका ८० प्रतिस्प्रर्धीहरुबाट प्रथम, दोस्रो र तेस्रो क्रमश अशोक तामाङ्गं, बिशेस ढकाल, करण मगर, कबिन सुनुवार, शेराज अंसारी, क्रान्ती रावल खेलाडीहरु छनोट गर्दै राष्ट्रिय खेलाडीहरु छनोट प्रक्रिया समापन गरेको हो ।

अक्टोवर २०२२ मा हुन गैरहेको बिश्व कप क्यारेम खेलमा नेपालको प्रतिनिधित्व हुने गरि नेपालका राष्ट्रिय स्तरका खेलाडीहरुलाई बिश्व कप क्यारेम प्रतियोगितामा भाग लिनका लागि बिदेश लैजाने तयारी थालेको छ । अल नेपाल क्यारेम एशोसियशनद्वारा अयोजित नेपालमा पहिलो पटक राष्ट्रिय क्यारेम च्याम्पेन्सिप शुक्रबार र शनिबार गरि दुई दिन राष्ट्रिय टेवल टेनिस हल लैनचौर भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल धिसिङ्ग, सुरेन्द्र ढकाल फउणेशनका अध्यक्ष सुरेन्द्र ढकाल लगायतको आतिथ्यतामा भएको थियो । कार्यक्रम खेलमा बिश्व कप क्यारेम एशोसियशनका महासचिव बिबेक देश नारायण, बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एशोसियशन पश्चिम बंगालका सचिव संजिब धोसले पुरसकार बितरण गर्दै खेलाडीहरुले क्यारेम खेलमा आफ्नो उच्च मनोबलका साथ बिश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउनेमा आफुहरु आशाबादी रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय बिश्व कप क्यारेममा नेपालको तर्फवाट विश्व कपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई अल नेपाल क्यारेम एशोसियशनका अध्यक्ष बिनिता अर्यालले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको कार्यक्रमकोे संचालन सुस्मा कार्की र हरी तामाङ्गले गर्नु भएको थियो ।

 
 
  
 

You may also like