सैनामैनाको “३ नम्बर ब्लक” को कित्ताकाट सम्पन्न

सैनामैना ।भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच सँगसँगै लालपुर्जा दिनेक्रममा सैनामैना नगरपालिकाको एउटा ब्लकको काम सकिएको छ ।

सैनामैना नगरपालिका वडा नम्बर १ को दुर्गा भवानी टोलमा रहेको “३ नम्बर ब्लक” को सम्पूर्ण जग्गाको कित्ताकाट र नापजाँच सम्पन्न भएको छ ।

बनकट्ट र ब्रमहाचोकको उत्तरपट्टि रहेको “३ नम्बर ब्लक” मा रहेको २४ बिघा जग्गाको सम्पूर्ण ब्यक्तिहरुको घरजग्गा, खेत, बाटो, सरकारी जग्गा नाप जाँच भइसकेको र जग्गाको नक्सा बनाउने प्रक्रिया अगाडि वडेको छ । यहि साउनको २० गतेबाट सैनामैना नगरपालिका वडा नम्बर १ कै “४ नम्बर ब्लक” को जग्गाको नापजाच र कित्ताकाट टोटाल स्टेसन मेसिनकै प्रयोगमा गरिने छ ।

“४ नम्बर ब्लक”मा रहने सम्पूर्ण महानुभावहरुलाई जग्गा नापजाँच गर्न आउने क्रमचारीहरुलाई सहजीकरण गरिदिनुहुन सैनामैना नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवन क्षेत्रीले अनुरोध गर्नुभयो ।

 
 
  
 

You may also like