होराइजनमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

बुटवल । बुटवलको न्यू होराइजन माध्यमिक विद्यालयले २०७८ सालका एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई शनिबार बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जीपीए ४ ल्याउने २ जना तथा अन्य उत्कृष्ट नतिजा ल्याउने ३०४ जना गरी सम्पूर्ण ३०६ जना विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा जीपीए ४ ल्याउने विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगति एवं प्राज्ञिक भविष्यको शुभकामना प्रदान गरे ।

कार्यक्रमका अध्यक्ष, विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय सधैँ गुणस्तरीय शिक्षाका लागि दत्तचित्त रहेको बताए । कार्यक्रममा कक्षा १२ का विद्यार्थी समीप पौडेल, अनुराग घिमिरे, संयोजकहरु प्रकाश खनाल, मनोज सिलवाल, प्रकाश गौतम लगायतले विद्यालयले प्राप्त गरेका सफलता, प्रदान गर्न सकिने सुविधा गुणस्तरीय शिक्षाका आधारहरु र आफ्ना महत्त्वपूर्ण अनुभवहरू संप्रेषण गरे ।

साथै कक्षा ११÷१२ मा विज्ञान तथा व्यवस्थापन विषय अध्ययन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तथा दक्ष, अनुभवी एवं पूर्णकालीन प्राध्यापक यसै संस्थामा रहेको र सोही बमोजिम बोर्ड परीक्षा तथा विश्व विद्यालयका आइओएम, एमओई, एमईसिईई र सिए लगायतका परीक्षमा पनि प्रथम प्रयासमै नाम प्रकाशित गरी पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत जानकारी प्रदान गराएका थिए । विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन कक्षा १० का संयोजक भास्करनाथ पाण्डेले गरेका थिए ।

 
 
  
 

You may also like