जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपा स्रोतले जानकारी दिएको छ । नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि हुने पनि स्रोतको दावी छ ।

 
 
  
 

You may also like