तिनाउ नदीले बगाउँदा भारतीय युवकको मृत्यु, एकजना वेपत्ता

बुटवल । सोमबार तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना वेपत्ता भएका छन् । जिल्लाको सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका भारतीय युवाहरूलाई पौडी खेल्ने क्रममा नदीले बगाएको थियो ।

मृत्यु हुनेमा भारत उत्तरप्रदेश दाहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार निसाद रहेका छन् । अर्का युवक सनिकुमार भने वेपत्ता भएका छन् ।​ निसादको शव बुटवल १९ लाफाचौरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like