मोरङमा खाल्डोभित्र युवतीको शव फेला

मोरङ । मोरङको रङ्गेल्मिा पानी जमेको खाल्डोमा एक युवतीको शव भेटिएको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो ।

सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको बताए । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।

 
 
  
 

You may also like