तिलोत्तमा प्रिमियर लिग : उपाधिको लागि आज ज्ञानोदय गोल्डस् र मणिग्राम किंग्स भिड्दै

by समतल अनलाइन

तिलोत्तमा । तिलोत्तमामा जारी तेश्रो सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधीको लागी रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् भिड्ने भएका छन् ।
बुधबार सम्पन्न सेमिफाईनल खेलमा जित निकाल्दै ज्ञानोदय गोल्डस् र मणिग्राम किंगस् उपाधी भिडन्तमा आमन ेसामने हुने भएका हुन । ज्ञानोदय र मणिग्राम लिग चरणका सबै खेलमा जित निकाल्दै समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेका टिम हुन ।

लिग चरणमा समुह बिजेता बनेका बन्दै सेमिफाईनल प्रवेश गरेको मणिग्राम किंगस्ले बुधबारको दोस्रो खेलमा बुटवल युनाइटेडलाई १२ रनले पछाडी पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगितामा पहिला ब्याटिङ्ग गरेको मणिग्राम किंगस्ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रनको योगफल तयार पारेको थियो । टिमका लागि रोहन केसी ले सर्बाधिक ४२ रनको योगदान गरे ।
१ सय ४३ रनको लक्ष्यका साथ ब्याटिङ्ग थालेको बुटवल युनाइटेडलाई मणिग्राम किंगस्ले १९ दशमलव २ ओभरमा १ सय ३१ रनमा रोकेको थियो । बुटवल युनाइटेडलाई सस्तैमा रोक्न मणिग्रामका अमर सिंह राउटेलाले आफ्नो ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएका थिए ।
प्रतियोगितामा मणिग्रामका अमर सिंह राउटेला म्यानअफ द म्याच भए भने मणिग्राम कै रोहन केसी मष्ट भ्यालुएवल खेलाडी बने ।
यस अघि आजको पहिलो सेमिफाइनल खेलमा पाल्पाली लिजेन्टस्लाई ९ रनले पराजीत गर्दै ज्ञानोदय गोल्डस् फाइनल प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो । जवाफि ब्याटिङ्ग गरेको पाल्पाली लिजेन्टस् १९ दशमलव ४ ओभरमा १ सय ३६ रनमा समेटिए पछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । ज्ञानोदयको जितका लागि शंकर रानाले ६२ रनको योगदान गरे भने सिद्धार्थ राजशाहीले ३६ रनको योगदान गरे ।

पाल्पाली लिजेन्टस्लाई लक्ष्य पुग्न रोक्न ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र सहानीले २३ रन खर्चेर २ विकेट लिए भने सिद्धान्त राजशाहीले २ साथै प्रतिश जिसी र कमल ओलीले समान १÷१ विकेट लिएका थिए ।
प्रतियोगितामा ज्ञानोदय गोल्डस्का सिद्धान्तराज शाही मष्ट भ्यालुएवल प्लेयर बने भने शंकर रानाले म्यान अफ द म्याचको उपाधी पाएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँ मिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

 
 
  
 

You may also like