कमल थापाका भतिज अभिषेक थापाले पनि छाडे राप्रपा

काठमाडौं । गणेश थापाका छोरा तथा कमल थापाका भतिज अभिषेक थापाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् ।

हालै काठमाडौंमा भएको राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् ।

शुरुमा आफू अध्यक्ष पदमा हारेपछि कमल थापाले राप्रपा छाडेका थिए । त्यसपछि उनी आफ्नो पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन् ।

 
 
  
 

You may also like