स्थानीय तहको निर्वाचन बहिष्कार गर्छौं : सीपी गजुरेल

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले आउँदो वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

पार्टीको मधेस प्रदेश कमिटीले सोमबार सिरहाको गोलबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गजुरेलले जनतालाई अल्मल्याएर चुनाव जित्ने प्रणालीको अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन नहुने बताए ।

‘भ्रष्ट नेता तथा पार्टीहरुले निर्वाचनको भ्रममा पारेर जनतालाई अनैतिक बनाउन खोज्दै छन्,’ गजुरेलले भने, चुनावको घोषणासँगै नेताहरु पैसाको बोरा बोकेर गाउँ पसेका छन् । पैसा, मासु र रक्सीमा जनतालाई अल्मल्याएर चुनाव जित्ने व्यवस्था अन्त्य नभएसम्म वास्तविक जनप्रतिनिधि चयन हुन सक्दैनन् ।’

चुनावले जनप्रतिनिधि भन्दा पनि नेताहरुलाई व्यापारी बनाउने दाबी गर्दै उनले चुनावअघि मासु, रक्सि र पैसा दिएर मत किनिने र निर्वाचित भएपछि जनप्रतिनिधि खर्च असुलीमा लाग्ने गरेको उनको भनाई थियो । उनले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट खारेज गर्नुपर्ने पनि बताए ।

 
 
  
 

You may also like