चीनको भयानक विमान दुर्घटनाः जहाज ३० हजार फिटबाट खसेपछि पहाडमै लाग्यो आगो

एजेन्सी । चीनमा आज भयानक जहाज दुर्घटना भएको छ । कुनमिगंबाट गोन्झाओका लागि उडेको १३२ यात्रु सवार बोईगं ७३७ जहाज ३० हजार फिटबाट पहाडमा खसेको जहाज नष्ट हुनुका साथै पहाडमै आगलागी भएको छ । चीनीया राष्ट्रपतिको आदेशमा तत्कालै उद्धारकर्मीहरु परिचाालन गरिएको छ ।
यात्रु मध्य ९ जना चालक दलका सदस्य रहेका थिए । यो दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन ।
दुर्घटनामा कति मानिसको मृत्यु भयो र घाईते भए भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।
चाईना इस्टर्नको यो यो बाईग ७३७ अब उडानमा प्रतिवन्ध लागेको छ ।

 
 
  
 

You may also like