“ शिक्षाको विकासले मात्रै समाजको परिवर्तनमा गति लिन्छ ” –मुख्यमन्त्री

 बुटवल ।लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशलाई समृद्ध र आत्म निर्भर प्रदेशको रुपमा विकास गर्नका लागि सबैभन्दा पहिले हरेक नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउँदै आफ्नो कार्यकालमा शिक्षालाई पहिलो प्राथमिकता दिएको बतानउनुभयो ।

यस्तो विचार सरस्वस्ती माध्यामिक विद्यालय त्रिवेणी ३ लिङदुङ बुढागाउँ रोल्पाको प्रथम बार्षिकोत्सवमा बताउनुभएको हो । उहाँले हरेक मानिसमा शैक्षिक जागरण लिएर मानिसको जीवन समृद्ध बनाउने दिशामा अगाडि बढेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्ने बताउनुयो । मुख्यमन्त्री केसीले नेपाली जनताको जीवन स्तर परिवर्तन गर्नका लागि हरेक नेपाली नागरिकको जीवनलाई विकास गर्नका लागि शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै हरेकतहका सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिएर दक्ष जनशक्ति निर्माण गर्नका लागि पहल गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्रीले रोल्पा जिल्लाको आफ्नो जन्मथलो रहेका गाउँपालिको विद्यालयलमा बोल्दै विद्याललयलाई शैक्षिक र ज्ञान आर्जन गर्न सक्ने वातावरण निर्माण अनुरोध गर्दै त्यसका लागि प्रदेश सरकारले विद्यालयको भवन निर्माण, खेलकद मैदान निर्माण, खानेपानी, शौचालय र आइटी शिक्षक लगायत समग्र शैक्षिक सुधार लगायतको विषयमा पूरा गरि दिने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

मुख्यमन्त्री केसीले शिक्षा नै मानिसको जीवन परिवर्तनको अधार शिक्षा भएकाले गर्दा शिक्षालाई गुणस्तरीय शिक्षा प्रदान राज्यको कतव्य रहेको बताउँदै त्यसका लागि अभिभावकहरुले पनि आफ्ना सन्ततनीका लागि लगानी गर्नका लागि अनुरोध गर्नयभो । उहाँले शिक्षालाई हरके नागरिकको जीवनमा अनिवार्य बनाउनको लागि आफ्नो कार्यलमा शिक्षा क्षेत्रमा नै बजेट विनियोजित गरेको बताउनुभयो । रोल्पाले राजनीतिक परिवर्तनको क्षेत्रको गरेको योगदानले गर्दा नयाँ नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण भएको बताउँदै आगामी दिनमा पनि रोल्पाको गौरवगाथालाई बचाई राख्नका लागि रोल्पा जिल्लाका विकास निर्माणलाई सन्तुलन मिलाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभयो ।

शिक्षालाई हरेक मानिसको जीवन परिवर्तनको आधारको क्षेत्र बनाउनको अब विश्व बजारमा खपट हुने दक्ष जनशक्ति उत्पादन गर्ने बताउनुभयो । उहाँले प्रदेश विश्व विद्यालय निर्माणका लागि पहल गरेको बताउँदै अब शिक्षा क्षेत्रमा नै बजेट विनियोजित गरेको बतायनुभयो । उहाँले रोल्पा जिल्लाले राजनीतिक रुपमा गरेको योगदान र कायम गरको श्रेष्ठतालाई अब कर्मचारी क्षेत्र र अन्य क्षेत्रमा समेत उतार्नु पर्ने बताउनुभयो । बालबालिकाको भविस्य निर्माणका लागि अगाडि बढ्न सबैलाई अपिल गर्दै आगामी दिनमा अझै शिक्षा क्षेत्रमा लगानी शिक्षा क्षेत्रको विकासक लागि सबै एक भएर अगाडि बढ्न अनुरोध गर्नयभयो ।

 
 
  
 

You may also like