अन्तर्राष्ट्रिय लनटेनिस कोर्ट निमार्णमा पहल गर्ने प्रतिवद्घता

बुटवल। देविनगरस्थित लनटेनिस कोर्टलाई अन्तराष्ट्रियस्तरको मापदण्ड बनाउन पुर्वाधार विकासको गर्न रुपन्देही लन टेनिस संघका पदाधिकारीहरुले प्रदेश खेलकुदबाट बजेट विनियोजन गर्न माग गरेका छन ।

नवनियुक्त लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईलाई शुक्रबार कोर्टको निरिक्षण गराउने क्रममा थप पुर्वाधारमा आर्थिक सहयोगको माग संघका सचिव गोपाल ज्ञवालीले गरे ।

अहिलेसम्म संघ, स्थानिय र खेलाडीहरुको सहयोगमा ३ वटा कोर्ट चालू अवस्थामा संचालन रहेको भन्दै २ वटा थपेर अन्तराष्ट्रिय स्तरको खेल खेलाउने गरि विकास गर्न लक्ष्य रहेको उनले बताए । युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित लन टेनिस कोर्टमा नियमित बालबालिकाहरुलाई प्रशिक्षणसंगै राष्ट्रियस्तरको प्रतियोगिता गराएर खेलाडीहरुलाई प्लटफर्म दिने काम गरेको उनले दाबी गरे । उमेर समुहमा नेपालको रेकिङमा रुपन्देहीका धेरै खेलाडीहरु पार्न सफल भएको भन्दै उनले आवश्यक थप सहयोगको लागि आग्रह गरेका हुन । ‘हामी ५ वटा कोर्ट तयार गरेर अन्तराष्ट्रियस्तरको कोर्ट बनाउन चाहेको छौ ।’– उनले भने । यसमा १ करोड रुपैया बजेटमा संरचना तयार हुने उनले बताए ।

कार्यक्रममा सदस्य सचिव जयप्रकाश भट्टराईले रुपन्देही कै गहनाका रुपमा कोर्ट रहेको भन्दै आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । रुपन्देही खेलकुदमा उर्वरभुमी भएको भन्दै आफनो पक्षबाट सक्दो सहयोग गर्ने बताए ।

सन २०२२ मा प्रकाशित नया क्यालेण्डरमा नेपालको रेकिङ अनुसार १२ वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्याल पहिलो नम्बरमा फड्को मारेका छन । यसैगरि ९ वर्ष उमेर समुहमा तेस्रो नम्बरमा निश्चल ज्ञवाली सोही उमेर समहमा ४ नम्बरमा संघर्ष फौदार, १० वर्षमुनि उमेर समुहमा चौथो नम्बरमा बुटवलका सन्दिप जिसि परेका छन । हाल देविनगरस्थित सो स्थानमा ७ कठ्ठा क्षेत्रफलमा पुर्वाधार विकास भएको छ । प्रशिक्षक विकास खड्काले बालबालिकाहरुलाई बिहानसाझ नियमित प्रशिक्षण गराउदै आएका छन । करीब २ दर्जन खेलाडीहरु नियमित अभ्यास गर्दै आएका छन ।

 
 
  
 

You may also like