व्यवसायिक प्रतिष्ठानका लेखापाललाई करमा आधारित लेखा तालिम

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा उद्योग व्यवसायमा काम गर्ने लेखापालहरुलाई करमा आधारित लेखा तालिम प्रदान गरिएको छ । तालिम कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले नेपालको कर प्रणाली रुपान्तरणको क्रममा रहेको र करको दायरा पनि विस्तारै फराकिलो हुँदै गएको बताउनु भयो ।

उहाँले यस प्रकारको तालिमले व्यवसायमा परेको व्यवहारिक समस्याहरु समाधान पनि हुने र कर कार्यालय तथा लेखा परीक्षकहरुलाई समेत सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले सामाजिक उत्तरदायित्व अलवा आफ्ना सदस्य व्यवसायिहरुको हक हितको लागि नीतिगत पैरवी गर्दै आएको र उनीहरुको व्यवसायिक प्रवद्र्धनको लागि तालिम कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

त्यस्तैगरी संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै तालिमले व्यवसायिहरुको प्रतिष्ठानमा लेखा प्रणालीलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

संघका कार्यसमिति सदस्य तथा तालिम संयोजक सञ्जय कलवास जैसवालको संयोजनमा भएको तालिममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्य, नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल, संघका राजश्व परामर्शदाता सिए हरि लम्सालले प्रशिक्षण गर्नुभएको थियो ।

संघका सदस्य उद्योग व्यवसायीका प्रतिष्ठानमा काम गर्ने लेखापाल तथा लेखा सम्बन्धि काम गर्नेहरुलाई तालिम प्रदान गरिएको थियो । तालिममा २६ जना सहभागि थिए ।

 
 
  
 

You may also like