नेवा देय दबु जिल्ला अधिवेसन फागुनको अन्त्य साता

बुटवल । नेवार समुदायलाई गोलबद्घ गर्दै नेवारी भाषा र संस्कृति संरक्षण गर्ने उद्येश्यका साथ स्थापना भएको नेवा देय दबुको रुपन्देही जिल्ला अधिवेसन फागुन अन्तिम सातामा गर्ने भएको छ ।

नेवा देय दबुको रुपन्देही जिल्लाको विहिबार बसेको बैठकले रुपन्देही नेवा देय दवु जिल्ला अधिबेशन फागुन २५ गते मणिमुकन्द सेन उद्यानमा गर्ने निर्णय भएको कार्यबाहक अध्यक्ष रुद्र श्रेष्ठले बताए । सबै विचार र आस्थाका नेवारहरुको साझा संस्था बनाउने गरि आफुहरु अघि बढ्ने समेत उनले बताए । जिल्लाका सम्पुर्ण खल पुचका ५÷५ प्रतिनिधि उपस्थित रहने गरि बस्ने निर्णय भएको उनले बताए । सरकारीस्तरमा आधिकारिक मान्यता पाएको संस्थामा रुपन्देही जिल्लाका सबै पालिकाहरुमा बसोबास गर्ने नेवार समुदायलाई समावेश गरि नया नेतृत्व चयन गर्ने उनले दाबी गरे ।

नेवा देय दबुका केन्द्रिय सदस्य महेन्द्र लिगलले नेपालको गौरवपुर्ण ईतिहासमा नेवार समुदायको योगदानलाई सहि मुल्यांकन गर्न नसकेको गुनासो गर्दै उनले यसको लागि निरन्तर लडाई लड्नुपर्ने बाध्यता रहेको बताए । स्थानिय पालिकास्तरमा धेरै कार्यक्रमहरु गरेको भएपनि सरकारीस्तरबाट प्राप्त गर्ने बजेट पर्याप्त पार्न नसकेको उनले बताए ।

कार्यक्रममा संस्थाका सचिव लक्ष्मण कुमार श्रेष्ठ, सल्लाहकार दुर्गा श्रेष्ठ, सिपि श्रेष्ठ, पत्रकार शरण कर्माचार्यले नेवारी संस्थाको साझा बनाउने गरि अगाडी बढनुपर्ने सुझाव दिए ।

 

 
 
  
 

You may also like