तिलोत्तमा प्रिमियर लिग : ज्ञानोदय गोल्डस् सेमिफाइनलको बलियो दाबेदार

by समतल अनलाइन

बर्षाका कारण अबरुद्ध दोस्रो खेल ८ ओभरको खेलाइदै
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिमकामा जरि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा ज्ञानोदग गोल्डस्ले सेमिफाइनलमा दाबेदारी पेश गरेको छ ।

ज्ञानोदयले बुटवल युनाइटेडलाई ४७ रनले पराजित गर्दै सेमिफाइनलमा बलियो दाबेबारि प्रस्तुत गरेको छ । ज्ञानोदयले लिगमा खेलेका सबै खेलमा जित निकालेको छ ।

पहिले ब्याटिङ्ग गरको ज्ञानोदय गोल्सले १ सय ४४ रनको योगफल तयार पारेको थियो । ज्ञानोदयकालागि शंकर रानाले ६१ बलमा ७ बटा चौका र ४ बटा छक्काको सहायताले ७८ रन हानेका थिए । यस्तै सुनिल धमलाले ३७ बलमा ४१ रन र सिद्धान्त राज शाहीले १२ रन बनाएको थिए ।बलिङतर्फ बुटवल युनाइटेडका राहुल प्रजापति र सुसन भारीले समान २/ २ बिकेट लिएक थिए ।

१ सय ४५ रनको लक्ष्य सहति जवाफि ब्याटिङ्ग गरेको बुटवल युनाइटेड १४ दशमल ३ बल खेल्दै ९७ रनमा समेटिएको थियो । बुटवल युनाइटेडलाई सस्तैमा समेट्न ज्ञानोदयका प्रतिश जिसिले ३ दशमलब ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै जितेन्द शाहानी, दिवन पुन र कमल ओलीले समान २/२ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत बर्षाका कारण अवरुद्ध भएर ढिलो गरि शुरु भएको आजको दोस्रो खेलमा अहिले सियारी राइनोज् र एक्पर्ट रोयल शंकरनगरबिच अहिले खेल जारि छ । एक्पर्ट रोयल शंकरनगरले टस जितेर अहिले ब्याटिङ्ग गरिरहेको छ ।
अबरुद्ध खेल ८ ओभरको हुनेछ ।

 
 
  
 

You may also like