पर्यटकको बसाई लम्वाउन महासंघले छलफल चलाउने

by समतल अनलाइन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले जिल्लाको पर्यटकीय सम्भवान र पर्यटकको बसाई लम्बाउने विषयमा सरोकारवालसगँ व्यापक छलफल गर्ने निणर्य गरेको छ ।

शुक्रबार बुटवलमा बसेको महासंघको बैठकले कार्तिक ६ गते बुटवलमा पर्यटन क्षेत्रसगँ सम्वधीत सरोकारवालासगँ पर्यटकको बसाई लम्बाउने विषयमा छलफल गर्ने निर्णय गएको हो । सो कार्यक्रम सम्पन्न पार्नका लागि महासंघका उपाध्यक्ष मिना ढकाललाई संयोजकको जिम्मेवारी दिएको छ । कार्यक्रममा पर्यटन तथा होटल ब्यवसायि, पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालको सहभागिता रहने बताइएको छ ।

यस्तै महासंघका अध्यक्ष नरेश के सीको अध्यक्षतामा बसेको बैठकले महासंघ रुपन्देहीको सल्लाहकारमा पत्रकार खिमानन्द भट्टराई र प्रदिप आर्चायलाई चयन गरेको छ ।

वैठकले शान्ती सुनार र ललिता घिमीरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्दे कार्यसमितिलाई पुर्णता दिएको सचिव तेजेन्द्र केसिले जानकारी दिए । महासंघले पर्यटकीय क्षेत्रको सम्भावना तथा चुनौतिका विषयमा स्थानीय तहसँगको समयन्वयमा चरणबद्ध रुपमा कार्यक्रम गर्ने र त्यसलाई निरन्तरता दिने निर्णय समेत गरेको सचिव केसिले बताए ।

 
 
  
 

You may also like