एमसीसीविरुद्ध ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त प्रदर्शन

by समतल अनलाइन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन् । र्‍याली नयाँबानेश्वरस्थित संसद भवन नजिक पुगेर कोणसभामा परिणत भएको छ ।

यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए । प्रदर्शन गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

यस्तै, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कणर्जित बुढाथोकी नेतृत्वको समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले पनि विरोधसभा गरेका हुन् ।

 
 
  
 

You may also like