भारतमा २४ घण्टामा ७१ हजारमा कोरोना, एक हजार दुई सय बढीको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर मृत्युदर भने संक्रमितको दरको तुलनामा कम भएको छैन ।

सो अवधिमा १,२१७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ५ हजार भन्दा बढी रहेको छ । अहिले ८ लाख ९२ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

 
 
  
 

You may also like