पाल्पा नुवाकोट पुस्तक विमोचन

by समतल अनलाइन

बुटवल । नुवाकोट विकास समिति बुटवले प्रकाशन गरेको ईतिहासमा आधिरित पुस्तक‘ पाल्पा नुवाकोट , द ट्राभिलिंङ्ग हेरिटेज’ को बुटवलमा विमोचन गरिएको छ ।

लेखक तथा सस्कृति विद् निर्मल कुमार श्रेष्ठले लेखेको पुस्तकको विहिबार नेपालका कमन्युष्टि पार्टी (नेकपा)का महसचिव तथा पुर्व मन्त्री विष्णु प्रसाद पौडेलले लोकर्पण गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका नेता पौडेलले पाल्पाको नुवाकोट एउटा ज्युदो ईतिहास भएको बताएका थिए । उनले ईतिहास संरक्षणमा नुवकोट विकास समितले गरेको कार्य उल्लेखनिय रहेको भन्दै विर पुर्खाहरुले आर्जन गरेको ईतिहासलाई सधैको लागि साक्षि राख्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले ईतिहास संरक्षण, प्रर्वद्धन र शोध तथा लेखन कार्यमा बुटवल उपमानगरपालिका जहिले पनि तयार रहेको बताए । यस्तै कार्यक्रममा बोल्दै लेखक निर्मल कुमार श्रेष्ठले आफुले सोध खोजबाट उत्कृष्ठ ऐतिहासिक दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरिएको जानकारी गराएका थिए । कार्यक्रममा लेखक तथा साहित्यकार डि.वि. गुरुङ्ग र सुर्य बहादुर जिसीले पुस्तकको समिक्षा गरेका थिए ।

नुवाकोट विकास समितिका अध्यक्ष माधव प्रसाद नेपालले समितिले ईतिहास संरक्षण, प्रर्वद्धनमा विशेष भुमिका खेलिरहेको जानकारी दिदै आगामी दिनमा यसलाई थप निरन्तता दिने बताएका थिए ।

 
 
  
 

You may also like