विश्वकप छनोट : नेपाल जोर्डनसँग ३-० ले पराजित

by समतल अनलाइन

काठमाडौं । २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको छनोट खेलको दोस्रो चरणमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

मंगलबार राति जोर्डनकै खेल मैदानमा भएको खेलमा नेपाल जोर्डन सँग ३-० ले पराजित भएको हो । आफ्नै खेलमैदानमा उच्च मनोवलका साथ प्रतिस्पर्धामा उत्रिएको जोर्डनले नेपालमाथि सहज जित निकालेको हो ।

पहिलो हाफसम्मम नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बराबरीमा राख्न सफल भएको थियो । तर दोस्रो हाफपछि नेपालको फितलो प्रदर्शनको फाइदा उठाउँदै ३ गोल गरेको थियो ।

जोर्डनको जितमा खेलको ५५ औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरेपनि जोर्डनले पेनाल्टी पाएपछि फेरहास जायदले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

त्यस्तै ७८ औं मिनेटमा जोर्डनका अहमेद अल इर्सानले अर्को गोल गर्दौ दुई शुन्यमा पुर्याएको थियो । दुई गोलको अग्रता बनाएको जोर्डनले त्यसपछि पनि आफ्ना आक्रमणलाई कायमै राख्यो । त्यसपछि उसले अरु तीन वटा सुन्दर मौका पाएको थियो ।

८७ औं मिनेटमा नेपालले तेस्रो गोल खायो । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै फैसलले हेड मार्फत गोल गरे । नेपालले पनि खेलमा राम्रो अवसरहरु पाएको थियो तर फितलो प्रहरारका कारण गोलमा परिणत हुन सकेको थिएन ।

फिफा बरियतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश उत्कृष्ट प्रहारहरुलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । जितसँगै जोर्डनले तीन खेलमा सात ‌अङ्क बनाएको छ ।

उसले तीनमा २ जित र एक बराबरी खेलेको छ । नेपालको चार खेलमा ३ अङ्क छ । नेपालले चार खेलमा तीन हार र एक जित निकालेको छ ।

 
 
  
 

You may also like