तिलोत्तमा प्रिमियर लिग: बुधबारको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी

by समतल अनलाइन

बुटवल । प्रदेश स्तरको सबै भन्दा ठुलो पुरस्कार राशि रहेको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् बिजयी भएको छ । ज्ञानोदयले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रनको योगदान गरेको थियो । रुपनदेही पल्टन्स्का दिनेश मगरले १६ रदिपेन्द्र सिंह ऐरी १५ रन बनाए भने अन्य ब्याट्स म्यानहरु खासै चल्न सकेनन् ।

पल्टन्स्लाई सस्तैमा समेट्न ज्ञानोदयका दिवन पुनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । ७७को लक्ष्यका साथै ब्याटिङ्ग थालेको रेन्बो ज्ञानोदय गोल्डस्ले १२ दशमलब १ ओभरमा४ विकेटको क्षतिमा लक्ष्य भेटेको थियो । बिजयी ३९ रन ज्ञानोदयका सुनिल धमलाले ३९ र हरजित सिंहले २१ रनको योगदान गरेकाथिए ।
प्रतियोगितामा ज्ञानोदयका दिवन पुन म्यानअफ द म्याच भए भने प्रतिषजिसि मष्ट भ्यालुएवल खेलाडी बने ।
प्रतियोगिताअन्तर्गत आजको दोश्रो खेलमा पाल्पाली लिजेन्टस् रएक्पर्ट रोयल शंकरनगर बिचको खेल केहीबेर पछि शुरु हुदैछ ।

 
 
  
 

You may also like