स्पेन युरोकपमा छनोट

by समतल अनलाइन

काठमाडौँ । स्पेनले युरोकप फुटबल, २०२० मा आफ्नो स्थान पक्का गरेको छ । तीनपटकको च्याम्पियन स्पेनले छनौट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनसँग बराबरी गरेसँगै युरोकपमा स्थान बनाएको हो ।

समूह एफ अन्तर्गत अवे मैदानमा भएको खेलमा स्पेन स्वीडेनसँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० औँ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । पछि परेको स्पेनका लागि इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गरे र खेलमा बराबरी गरे ।

यो बराबरीपछि ८ खेलबाट २० अंकसहित समूहको शीर्ष स्थानमा रहेको स्पेनले युरोकप खेल्ने पक्का गरेको हो ।

हालसम्म स्पेनसहित बेल्जियम, इटाली, ?स, पोल्याण्ड र युक्रेनले युरोकपमा स्थान पक्का गरेका छन् । दोस्रो स्थानको स्वीडेनको १५ अंक छ । मंगलबार राति नै भएको खेलमा नर्वे र रोमानियाले पनि १–१ को बराबरी खेलेका छन् ।

८ खेलबाट १४ अंकसहित रोमानिया तेस्रो तथा ११ अंकसहित नर्वे चौथो स्थानमा छ । सोही समूहको अर्को खेलमा फारोइ आइल्याण्डले माल्टालाई १–० ले पराजित गरेको छ ।

 
 
  
 

You may also like