सर्वदलीय बैठकमा गगन थापा र रामशरण महत पनि, धनराज र विश्वप्रकाश छैनन्

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा पहिलो पटक कांग्रेस नेता गगन थापा पनि सहभागी भएका छन् ।
काठमाडौंमा सम्पन्न चौधौं महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा निर्वाचित थापा बालुवाटारमा जारी सर्वदलीय बैठकमा सहभागी भएका हुन् ।

यो बैठकमा पूर्व अर्थमन्त्री एवम् कांग्रेस नेता डा. रामशरण महतलाई पनि सहभागी गराइएको छ । महत दातृ निकायहरुसँग राम्रो सम्बन्ध भएका नेतामा पर्छन् । उता, दुई उपसभापति र महामन्त्रीमध्ये शेखरकै प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र प्रकाशमान सिंहको प्यानलबाट निर्वाचित विश्वप्रकाश शर्मा भने बैठकमा उपस्थित छैनन् ।

गत भदौ २३ देखि संसदमा जारी गतिरोध अन्त्य र एमसीसीसहितका विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बोलाएका हुन् । त्यसअघि आइतवार दिउँसो पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको थियो । त्यस बैठकमा संसदको अवरोधसहितका विषयमा कुरा भएको थियो ।

 
 
  
 

You may also like