एनआइसी बैंकले ३ महिनामै कमाए १ अर्ब १८ करोड ६ लाख रुपैयाँ मुनाफा

by समतल अनलाइन

काठमाडौं। एनआइसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८र७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

यस बैंकले आ.व. २०७८र७९ को पहिलो त्रैमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत ९७४ अर्ब रूपैयाँ० ले वृद्धि गरी कुल कर्जा रकम २७७.८५ रूपैयाँ अर्ब पुर्याउन सफल भएको छ।

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६.९९ प्रतिशत (६५.२९ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन ३११.४५ अर्ब पुर्याउन बैंक सफल भएको छ।

बैंकले यस त्रैमासमा खुद मुनाफातर्फ १.१८ अर्ब आर्जन गर्न सफल भएको छ। यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.३९ प्रतिशत छ।

साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ३९.६५ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ। बैंकले निष्कृय कर्जालाई पहिलो त्रैमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको बताएको छ।

 
 
  
 

You may also like