सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा छ : गृहमन्त्री खाँण

by समतल अनलाइन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताएका छन् । विश्व ॐकार महासंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हालेका खाँणले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

‘हामी धार्मिक र सामाजिक सदभावको पक्षमा छौं । सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ गृहमन्त्री खाँणले भने । सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उनले वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सदभाव खल्बलिने बताए ।
महासंघका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दीनबन्धु पोखरेललगायतले आज सोमबार गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका थिए ।

 
 
  
 

You may also like