नेपाल रोल मोडलका सहभागिलाई जीवन दर्शन कार्यक्रम

by समतल अनलाइन

बुटवल । बुटवलमा हुन थालेको प्रदेश स्तरीय नेपाल रोल मोडल सिजन थ्रीका सहभागि युवाहरुलाई जीवन जिउने कला र उपायका बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सोमबार बुटवलमा भएको छ । नेपाल रोल मोडल सिजन थ्रीमा सहभागि भएका दुई दर्जन युवा युवतिहरुलाई जीवनको उपयोगिता र रुपन्तरणका बारेमा कार्यक्रम सीप सिकाइएको थियो ।

निल हिरा समाज रुपन्देहीको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा यौनिक अल्पसंख्यक तथा तेस्रो लिङ्गी अधिकारकर्मी सुनिल बाबु पन्तले युवा अवस्थामा सकारात्मक सोच तथा जीवन दर्शनका बारेमा सहजिकरण गरेका थिए । यौनिक अल्पसंख्यक तथा तेस्रो लिङ्गी अधिकारकर्मी पन्तले जीवन जीउन अपनाउनु पर्ने सीप कौशल र सकारात्मक सोच र त्यसले जीवनमा पार्ने प्रभावका बारेमा सहजिकरण गरेका हुन् । नेपाल रोल मोडल आयोजक संस्था आर एन स्टाईलका प्रमुख रेशम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा निल हिरा समाज रुपन्देहीका अध्यक्ष आनिक राना, लांघाली ब्यूटिपार्लरका संचालक रेखा थापा, कोरियोग्राफर सुजित बस्याल लगायतले युवा अवस्थामा लत र बानी ब्यवहार संगतमा सकारात्मक सोचको विकास बारेमा आआफ्ना भनाई राखेका थिए । आर एन स्टाइलले संचालन गरेको नेपाल रोल मोडल सिजन थ्रीमा दुई दर्जनबढी विभिन्न जिल्लाका युवा युवतिहरु सहभागि भएका छन् भने यसको फाईनल कार्तिक महिनामा हुने बताइएको छ ।

 
 
  
 

You may also like