टिपिएल ३ – रुपन्देहीपल्टन्स् ५६ रनले बिजयी

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा रुपन्देही पल्टन्स बिजयी भएको छ । रुपन्देही पल्टन्स्ले लुम्बिनि साक्यान्लाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेकाहो ।

टस जितेर ब्याटिङ्ग रोजेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरमा २ विकेटको क्ष्यतीमा १ सय ९६ रनको योगफल तयार पारेको थियो । पल्टन्स्का लागि बिराट भण्डारीले ६२ बलमा ६४ रनको बिसाल पारि खेल्ने क्रममा ८ चौका र ४ छक्काको प्रहार गरेकाथिए । यसैगरि नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अबिजित ४९ रनको योगदान गरे । उनले ४ चौका ६ छक्काप्रहार गरेकाथिए ।

जीतकालागि १ सय ९७ रनको लक्ष्य सहित जवाफि ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यानले १८ दशमलव १ ओभर खेल्दै अलआउट हुदा १ सय ४० रनमा समेटियो । शाक्यानका लागि राष्ट्रिय खेलाडि समेत रहेका शरद भेष्वाकारले ३२ बलमा ६० रनको योगदान गरे पनि अन्य ब्याट्स म्यानहरु खसै चल्न नसक्दाउनको योगदान असफल सावित भयो ।
प्रतियोगितामा रुपन्देही पल्टन्स्का बिराट भण्डारी म्यानअफ द म्याच घोषित भएभने पल्टन्स्कै दिपेन्द्र सिंह ऐरी मष्टभ्यालुएवल खेलाडी घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमाअहिलेमणिग्रामकिंङ्स र रोयल शंकरनगर बिचको खेल जारि छ । टस जितेर मणिग्रामकिंस्ले अहिले ब्याटिङ्गगरिहेको छ ।

 
 
  
 

You may also like