टिपिए ३ : मणिग्राम किंग्स र रुपन्देही पल्टनलाई सफलता, अनिल खरेलको उत्कृष्ट बलिङ

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा मणिग्राम किंगस् र रुपन्देही पल्टन्सलाई सफलता मिलेको छ ।


प्रतियोगिताको तेस्रो दिन आज सम्पन्न दोस्रो खेलमा मणिग्राम किंगस्ले एक्सपर्ट रोएल शंकरनगरलाई ६७ रनको फाराकिलो अन्तरले पराजित गरेको छ । रोयल शंकरनगरका ब्याट्म्यानहरु उदियमान खेलाडि अनिल खरेल सामुनिरिह भए । मणिग्रामका अनिल खरेलले सर्बाधिक ४ विकेट लिएभने आफ्नो ४ ओभर वलिडमामात्र ११ रन खर्चिएकाथिए ।

टस जितेर ब्याटिङ्ग गरेको मणिग्रामले निर्धारित ओभरमा १ सय ३६ रन बनाएको थियो । सो क्रममा कृष्णभुषालले ३२ बलको समानागर्दै २९ रन बनाएकाथिए ।


उता १ सय ३७ रनको बिजयलक्ष्यका साथ ब्याटिडमा आएका शंकरनगरलाई सस्तैमा समेट्न अनिल खरेललाई साथ दिदै कप्तान कृष्णकार्की, दुर्गेस गुप्ता र अमर सिंह राउटेलाले समान २÷२ विकेट लिएका थिए । शंकरनगर १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाए पछि मणिग्राम किंगस्को सफलता सहज बनेका हो ।

प्रतियोगितमा मणिग्रमका अनिल खरेल म्यान अफ द म्याच घोषित भए भने मणिग्रामकै दुर्गेस गुप्ता मष्ट भ्याल ुएव लप्लेयरको उपाधी जिते ।

यस अघि आजै भएको पहिलो खेलमा रुपन्देही पल्टन्स्ले लुम्बिनि साक्यान्लाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेका थियो ।
टस जितेर ब्याटिङ्ग रोजेको रुपन्देही पल्टन्स्ले निर्धारित २० ओभरमा २ विकेटको क्ष्यतीमा १ सय ९६ रनको योगफल तयार पारेको थियो । पल्टन्स्का लागि बिराट भण्डारीले ६२ बलमा ६४ रनको बिसालपारि खेल्ने क्रममा ८ चौका र ४ छक्काको प्रहार गरेका थिए । यस ैगरि नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले अबिजित ४९ रनको योगदान गरे । उनले ४ चौका ६ छक्का प्रहार गरेका थिए ।
जीतका लागि १ सय ९७ रनको लक्ष्य सहित जवापि ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यानले १८ दशमलव १ ओभर खेल्दै अल आउटहुदा १ सय ४० रनमा समेटियो । शाक्यानका लागि राष्ट्रिय खेलाडि समेत रहेका शरद भेष्वाकारले ३२ बलमा ६० रनको योगदान गरे पनि अन्य ब्याट्स म्यानहरु खसै चल्न नसक्दा उनको योगदान असफल सावितभयो ।

प्रतियोगितामा रुपन्देही पल्टन्स्का बिराट भण्डारी म्यान अफ द म्याच घोषित भए भने पल्टन्स्कै दिपेन्द्र सिंह ऐरी मष्ट भ्यालुएवल खेलाडीघोषित भए ।

प्रदेश स्तरको सबै भन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगिताम ाप्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थितन वजिव नक्लवको खेल मैदान नयाँमिल १० नम्बरमाजारी प्रतियोगिताम प्रथमहुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेत ाहुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

 
 
  
 

You may also like