चीनमा फलफूल निर्यात गरिने

by समतल अनलाइन

काठमाडौँ। नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ । नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनलले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने भएको छ । पहिला अलि झन्झिटिलो थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तालालाई स्वच्छ मानिरहेको थिएन ।

अब नेपालले दिने प्रमाणपत्रको आधारमा स्वीकृत दिने भएको छ, सचिव जिसीले बताउनुभयो । उहाँले जुनार र सुन्तला निर्यातका लागि सिन्धुली र रामेछापलाई लक्षित गरेको बताउनुभयो । चीन निर्यात गर्ने गरी उत्पादन छैन तर अब निर्यातको ढोका खुलेपछि उत्पादनमा जोड दिने सचिव जिसीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रि।

 
 
  
 

You may also like