बिहान उठ्नासाथ धर्तीलाई प्रणाम किन गर्नुपर्छ ?

by समतल अनलाइन

विहान उठ्नासाथ पृथ्वीमा टेक्नुभन्दा पहिला धर्तीलाई प्रणाम गर्नु पर्छ। किनकी धर्ती हाम्रो पालनकर्ता हो । हाम्रो जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै हामीलाई उपलव्ध गराउँछ । त्यसैले धर्तीको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।

धर्तीलाई नमस्कार गरेर र उ प्रति आभार प्रकट गरि हामी आफ्नो सौभाग्य बढाउन सक्ने वैदिक धर्ममा व्याख्या गरिएको छ । परापुर्बक काल देखि नै सनातन हिन्दू धर्ममा धर्तीलाई देवी र आमाको स्थान दिइएको छ ।

धर्तीलाई प्रणाम गर्नाले आफ्नो मातृभूमी र पृथ्वी प्रति हाम्रो लगाव बढ्छ । हामी भित्र आफ्नो देश, आफ्नो भूमि प्रतिको जिम्मेवारीको भाव पैदा हुन्छ । पूर्खाले मानिसमा आफ्नो जिम्मेवारीको भाव जगाउनका लागी यो संस्कार हामीलाई दिएका हुन् ।

 
 
  
 

You may also like