कोरोना संक्रमण दर ८.२ प्रतिशत

by समतल अनलाइन

काठमाडौं । नेपालमा आइतबार कोरोना संक्रमणदर ८.१ प्रतिशत रहेको छ । २४ घण्टामा परीक्षण भएका ७ हजार ७ सय ७० वटा पिसिआर नमुनामध्ये ५ सय ७४ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर र एन्टिजेन दुवै नमुना परीक्षण भएकामध्ये ६ सय ७९ जनामा कोरोना पुष्टि भएको हो ।

थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ । हाल देशभरिमा १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित छन् भने १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा छन् । ३ सय ३७ जनाको भने आइसियुमा उपचार भइरहेको छ । आइतबार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात मात्र छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like