भारतमा राज्यमन्त्रीका छोराले आन्दोलनरत किसानमाथि गाडी कुदाए, ८ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रले विरोध प्रदर्शन गरिरहेका किसानमाथि गाडी कुदाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी किसानले उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका थिए । घटनामा ८ जनाको मृत्यु भएको छ । लखिमपुर खिरीका एएसपी अरुणकुमार सिंहले ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उता आइतबार अबेर राति गृह राज्यमन्त्री अजय मिश्रले भने घटनामा आफ्नो छोराको संलग्नता अस्वीकार गरेका छन् ।

 

 
 
  
 

You may also like