१,४०५ ले जिते कोरोना, ६७९ नयाँ थपिए, सातको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९२० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ७० जनाको पिअिसार परीक्षण गर्दा ५७४ र ३,८५० जनाको एन्टीजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,४०५ जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १६ हजार ८०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा १,२७० संक्रमित छन् भने ३३७ जना आइसियुमा र १०४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर २५२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २६ हजार ४१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 

 
 
  
 

You may also like