अनौठौ रोग म्यास्थेनिक क्राईसिस सुत्केरीलाई रोटरी डाउनटाउनको १ लाख ११ हजार सहयोग

by समतल अनलाइन

बुटवल।कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउँकी अनौठो रोग म्यास्थेनिक क्राईसिस रोगका कारण उपचारमा रहेकी २ महिनाका सुत्केरी अनिता विकलाई रोटरी क्लब अफ बुटवल डाउनटाउनले १ लाख ११ हजार रुपैया बराबर रकम सहयोग गरेका छन । एक समारोहका बिच शनिबार रोटरी ईन्टरनेश्नल ३२९२ डिष्ट्रिक जोन २३ का ए.जि.नारायण प्रसाद पन्थ, ए.जि. जिवन अधिकारी, क्लबका अध्यक्ष जबिन कक्षपति, पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, रबि पोखरेल, प्रसिडेन्ट इलेक्ट भरत राना, प्रेसिडेन्ट नोमिनी कमला हमाल, सहकोषाध्यक्ष हरि खरेल, सचिव बाबुराम बन्जाडे, दिपक पौडेलले बिरामीका ससुराबुबा लोक बहादुर बिकलाई सहयोग रकम हस्तान्तरण गरेका छन ।
चार नम्बर हुदै गम्भिर किसिमको लक्षण देखिएपछि उनलाई तुरुन्त भेन्टिलेटर सुविधाको अस्पतालमा लग्न चिकित्सकको सल्लाह अनुसार काठमाण्डौ मेडिकल कलेज भर्ना गरियो । जहाबाट फेरी न्युरो अस्पतालमा जाचको क्रममा उनलाई म्यास्थेनिक क्राईसिस भन्ने गम्भिर रोग लागेको पत्ता लाग्यो । ब्यक्तिमा थाईराईडको गडबडीका कारण यस्तो समस्या आउने चिकित्सकहरु बताउछन । उपचारको क्रममा दैनिक लाखौ रुपैया खर्च भैरहेको श्रीमान झबिन्द्र बिकले बताए । अस्पतालको दैनिक खर्च धान्न दुई महिनाको अवधिमा १० धुरमा बनाएको घरजग्गा सबै सकिएको उनको दुखेसो छ । उपचारको क्रममा परिवारको २२ लाख बढी खर्च भएको उनले बताए ।
सामाजिक संजालमा उपचार खर्च जुटाएको खबरबाट प्रभावित भएर रोटरी क्लब अफ बुटवल डाउनटाउनका सहकोषाध्यक्ष तथा स्थानिय छिमेकी हरि खरेलले चाल पाए । उनले यो कुरा क्लबको मिटिङमा लगेर सहयोग जुटाउन प्रस्ताव गरे । खरेलले नै यसमा अगुवाई गरे । उनले ५० हजार रुपैया नगद सहयोग गर्ने बाचासंगै प्रस्तावमा क्लबका अध्यक्ष जबिन कक्षपति टिमबाट थप १ लाख ११ हजार रुपैया जुटाउन सफल भए । क्लवले आगामी दिनमा पनि सहयोग निरन्तर रुपमा गर्ने क्लवका सम्पूर्ण पदाधिकारीहरुले प्रतिवद्धता जनाएका छन् । काठमाडौमा उपचाररत विकको जीवन रक्षाका लागी सामाजिक सञ्जाल मार्फत अनिता बचाउ अभियान थालिएको छ । पहिले भन्दा अनिताको स्वास्थ्य अवस्था अहिले केही सुधार हुदै गएको पारिवारिक स्रोतले जनाएको छ । दाताहरुले एनएमबी बैक लिमिटेड बनगाई शाखाको झबिन्द्र बिक खाता नं. ०५१०१४५९००४०००१८, ग्लोबल आईएमई बैक बनगाई शाखामा सन्तोष बिक, खाता नं. ०७०७०१०००६२९४ मा आर्थिक सहयोग गर्न परिवारको सदस्यहरुको आग्रह छ ।
क्लबका कोषाध्यक्ष भानु केसीले सामाजिक उत्तरदायित्व अन्तरगत समस्या र आवश्यकता अनुसार सहयोग धेरै क्षेत्रमा सहयोग गर्दै आईरहेको बताए । यसअघि ठुलोलुम्पेकका बाढीपिडित देखि मृगौला प्रत्यारोपण गर्न हरैयाका आयुसा पाण्डेलाई समेत क्लबबाट सहयोग गरिएको उनले बताए ।

 
 
  
 

You may also like