टपिएल ३ : ज्ञानोदयद्धारा तिनाउलाई १५५ को लक्ष्य,

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा अहिले तिनाउ टाइटन्स् र रेन्बो ज्ञानोदय गोल्डस्बिचको खेल जारि छ ।

टस जिेतेर ब्याटिङ्ग रोजेको ज्ञानोदय गोल्डस्ले १ सय ५५ रनको लक्ष पेस परेको छ । । ज्ञानोदयको तर्फबाट शंकर श्रेष्ठले ३३ बलमा ५५ रनको योगदान गरे भने सुनिल धमलाले ३२ रन खेल्दै २५ रन बनाएका थिए ।

पहिलो विकेटका लागि शुनिल धमला र शंकर श्रेष्ठले ७२ रनको पारि खेलेका थिए । ज्ञानोदयले पुरै २० ओभर खेलेर ८ विकेटको क्ष्यतीमा १ सय ५४ रन बनाएको हो ।

बलिङतर्फ तिनाउका अर्जुन गिरी र अजय कुमार लोनियाले २÷ २ विकेट लिएका थिए । तिनाउ टाइटन्सले अहिले ब्याटिङ्ग गरिरहेको छ ।

प्रदेश स्तरको सबैभन्दा ठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।

१० टिमलाई पोल ए र बि मा बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

 
 
  
 

You may also like