अनलाइन बक्तृत्वकलामा मिराजन प्रथम

by समतल अनलाइन

बुटवल । सिद्धार्थ इङ्गलिस बोर्डिङ्ग स्कुलले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा कक्षा १० का मिराजन श्रेष्ठ प्रथम भएका छन । विद्यालयले आयोजना गरेको लकडाउनमा अनलाईन क्लासले पारेको प्रभावका बिषयमा आयोजित प्रतियोगीतामा उनी प्रथम भएका हुन ।


विद्यालयले आयोजना गरेको कक्षा स्तरीय प्रतियोगितामा मिराजन प्रथम, स्मारीका थापा द्धितिय र बिपना पौडेलले तृतीय स्थान हासील गरेको विद्यालयले जनाएको छ । विभिन्न कक्षामा अध्यन गर्ने विद्यार्थीहरुलाई कोरोना कहरका बिचमा विद्यालयले संचालन गरेको अनलाईन कक्षाले पारेको प्रभावका बिषयमा आ आफ्नो तर्क प्रस्तुत गरेका थिए । लकडाउनको समयमा पनि विद्यार्थीहरुलाई अनलाईन माध्यम मार्फत प्रतियोगीताको आयोजना गरिएको विद्यालयका प्राचार्यले जानकारी दिए ।

 
 
  
 

You may also like