मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वादिष्ट खानेकुरा खाइन पाइनेछ । धन हात पनि पर्न सक्छ, तर साँझमा मन भावुक र उत्ताउलो बन्न सक्छ । यात्रा गर्दा सावधानी अपनाउनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय रहने छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर आफन्त सँग भेटघाट हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । विज्ञान र प्राविधिक कार्य अघि बढ्ने छ । उत्साह, जाँगर र उमङ्ग बढ्ने छ । स्वादिष्ट खानेकुरा पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सेतो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुन सक्छ । जोश, जाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । धर्म, कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल