भगवानका नाममा पशु बलि चढाएर पुजा गर्नुहुन्न ( ब्यङ्गात्मक भिडियो सहित )

by समतल अनलाइन

शिब अधिकारी । भगवानका नाममा पशु बलि चढाएर पुजा गर्नुहुन्न भन्ने उद्देश्यले दुबईमा जनचेतनामूलक भिडियो छयाङ्कन गरि सार्वजनिक गरिएको छ । भगवानलाई पसु बलि चढ़ाएर पूजा गर्नु हुन्न भन्दै पहिलेनै आफूले मासु खाने नेपाली सामाजिक परम्परालाई त्याग्नु पर्नेमा जोड दिदै भिडियो सार्वजनिक गरिएको हो ।

उक्त सन्देशमूलक भिडियोमा अरुले जे गर्याे त्यही गर्नु

भन्दा आफु ले नै माछा माँसु खाना छोड्नु पर्ने भावनालाई दर्साईएको छ । भगवानका नाममा पशुबली दिएर आफ्ना पाप धोएको मान्ने हाम्रो समाजलाई सन्देश दिन राम भाई द्वारा निर्देशन गरि भिडियो सार्वजनिक गरिएको हो ।

नेपालमा बिशेष गरी बड़ा दशैमा मदिरमा लगेर भगवान लाई पशु बलि दिने प्रचलन रहेको छ । पशु बलि दिदाँ आफ्नो सुख,शान्ति तथा मनले माँगेको हरेक क़ुराहरु पूरा हुने जनविश्वास रहेको छ । पुर्खा देखी नै चल्दै आएको बलि प्रथालाई समाजबाट हटाउने सन्देश दिन भिडियो मा कलाकार दीपेश सिलवाल,कृष्ण तिवारी,श्याम श्रेष्ठ,बाल कृष्ण,सीता खड्का,गीता तिवारी लगायतको अभिनय रहेको छ ।

बिशेषतः नेपालमा बडा दशैँ,कुल पुजा ,मठमन्दिरमा गरिने भाकलहरुमा बढि मात्रामा पशु बलि दिने प्रचलन रहेको छ । यो प्रथा हुदै गर्दा ब्रतमान समयमा पशु बलि राम्रो होइन भन्नेहरुको पनि कमी छैन तर बिडम्बना माँसु बिना मानिसहरुकोघाटी बाट नै भात तल छिर्दैन भन्ने ब्यङ्गयका साथ भिडियो प्रस्तुत गरिएको छ । त्यसैले हामीहरु पहिला आफु नै माँसु खान छाढाऊँ अनि पशु हत्त्या आफैमा कमी भएर आउछ भन्ने संदेश यो भीडियो बाट राम भाई ले देखाउन खोजेका छन्। प्रदेशमा रहेर पनि बिभिन्न किसिम का चेतना मूलक भीडियो रामले यश अघि पनि थुप्रै निकालिसकेका छन् ।

भिडियो यस लिङ्क मार्फत पनि हेर्न सकिन्छ :

 

 
 
  
 

You may also like