नेपाल बंगलादेशसँग पराजित

by समतल अनलाइन

काठमाडौं।१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशसँग २-१ ले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरिन् । नेपालकी अमिषा कार्कीले एक गोल फर्काईन् । पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएपनि हारबाट जोगिन सकेन् ।

खेलको १२ औं मिनेटमा शाहिदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । २५ औं मिनेटमा कप्तान शामसुन्नहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा अमिषाले एक फर्काएपनि त्यो गोल नेपालको लागि सान्त्वना गोल रह्यो ।

यो हारसँगै उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालको उपाधि होड लगभग सकिएको छ । २ खेलमा नेपालले अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ ।

यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । बंगलादेशको भने यो लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक जोडेको बंगलादेश फाइनल नजिक पुगेको छ । बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

 
 
  
 

You may also like