तिलोत्तमाको बेरुजु रुपन्देहीका ६ नगरमध्ये सबैभन्दा कम

तिलोत्तमा। रुपन्देहीका ६ नगर मध्ये सबैभन्दा कम बेरुजु तिलोत्तमा नगरपालिकाको देखिएको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन २०८१ अनुसार ६ नगरमध्ये प्रतिशतका हिसाबले सिद्धार्थनगर नगरपालिकाको बेरुजु सबैभन्दा धेरै ४.४८ हुंदा तिलोत्तमाको बेरुजु १.४१ प्रतिशत मात्र छ । तिलोत्तमाको ४ अर्ब ४१ करोड ९८ लाख ८१ हजार रुपैयांको लेखा परीक्षण हुंदा ६ करोड २३ लाख २७ हजार रुपैया बेरुजु देखिएको हो । बुटवलको तुलनामा तिलोत्तमाका्े बेरुजु एक तिहाई कम हो ।

रकमका हिसाबले बुटवल उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा धेरै १८ करोड एक लाख १६ हजार रुपैयां अर्थात ४.०४ प्रतिशत छ । यस्तै देवदह नगरपालिकाको २.२० प्रतिशत, लुम्बिनी सांस्कृतिक नगरपालिकाको ३.०७ प्रतिशत र सैनामैना नगरपालिकाको १.५० प्रतिशत बेरुजु देखिएको छ । बेरुजु रकम कम हुनु आर्थिक अनुशासन र सुशासन कायम हुनु मानिन्छ ।

 
 
  
 

You may also like