सीको स्वागत गर्न आइतबार सार्वजनिक बिदा

by समतल अनलाइन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।बिहीबारको मन्त्रिपरिषद बैठकले सीको स्वागतका लागि आइतबार बिदा दिने निर्णय गरेको हो ।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

 
 
  
 

You may also like