गैंडहवा गाउँपालिकामा सार्वजनिक सुनुवाई

रुपन्देहीको गैडहवा गाउँपालिकामा अर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागीहरुले विकास निर्माण, सुशासन, पारदर्शीता पालिकाबाट हुने गरेका कामको जनताले थाहा पाउनु पर्ने लगायतका विषयमा प्रश्न गरेका थिए ।

स्थानीय जनताले राखेका जिज्ञासाको जवाफ दिदै पालिका अध्यक्ष सुरेन्द्र पौडेलले जनताको भावना अनुसार काम गरिरहेको र बाँकी समय जनताको सेवामै काम गर्ने बताउँदै पालिकालाई अगाडि बढाउन जनताको साथ सहयोग आवश्यक पर्ने बताए । अध्यक्ष पौडेलले जनताको चाहना अनुसार आफू लगायत सम्पूर्ण जनप्रतिनिधिले काम गर्ने बताउँदै सल्लाह सुझाव दिने स्थानीय जनतालाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा पालिका उपाध्यक्ष माधुरी जैसवालले न्याय सम्पादन र अनुगमनमा आफुले काम गरिरहेको बताइन् । स्थानीयले बाटो लगायत भौतिक निर्माणका काम छोटो समयमा भत्किएको भने प्रश्नमा कमसल काम गर्ने उपभोक्ता तथा ठेकेदारलाई निर्माण कार्य कमसल गरेकालाई भुक्तानी घटाएर दिएको बताउँदै अनुगमनलाई थप ब्यवस्थापन गरेर काम गर्ने बताइन् ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जनताको इच्छा अनुसार कर्मचारीले काम गरिरहेको बताउँदै नेपालको कानुन अनुसार पालिका भित्रका हरेक क्षेत्रमा काम गर्ने बताए ।

स्थानीयले फजुल खर्च धेरै देखिएको गुनासोमा प्रमुख प्रशासकीय अधिकृत गौतमले प्रदेश सरकार केन्द्र सरकारको नियम अनुसार सेवा सुविधा इन्धन लगायतको खर्च नियम संगत नै रहेको बताएका थिए ।

यस्तै वडा नं. १ देखि ९ सम्म अध्यक्ष, शाखागत प्रमुखहरुले जनताले उठाएका प्रश्नको जबाफ दिएका थिऐ । कार्यक्रममा सुचना अधिकारी गणेश भट्टराईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिऐ । कार्यक्रममा करिव १५० बढीको सहभागिता रहेको थियोे ।

 
 
  
 

You may also like