बुटवलको ज्योतिनगरमा पहिरो खस्न अझै रोकिएन, ७ घरमा पुन क्षति

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा आज पनि पहिरो खस्दा घरहरुमा क्षति पुगेको छ । चुरेपहाडबाट खसेको पहिरोका कारण ७ वटा घर पुरिएका छन्। ५० वटा घरमा क्षति पुर्‍याएको छ।

स्थानिय अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए। अन्य घरमा ढुंगा सहितको लेदो पसेको छ। अविरल वर्षाका कारण आइतबार विहानदेखी ज्योतिनगरमा पहिरो खसेर केही घरमा क्षति पु¥याएको थियो ।

आज थप घरमा क्षति पुगेको हो । पहिरो खस्ने क्रम नरोकिएपछि हिजैदेखी स्थानियहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । कोही आफन्तकोमा बसेका छन् भने कतिपयलाई बहुमुखी क्याम्पसमा सारिएको छ। पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ। उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो।

 

 
 
  
 

You may also like