बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा असोजमा

by समतल अनलाइन

बुटवल। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको साधारण सभा आगामी असोजमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ६८ औं वार्षिक साधारण सभा आगामी असोजको १८ गते गर्ने निर्णय गरेको हो ।

बैठकले साधारण सभा सम्पन्न गर्नको लागि कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । साधारण सभाको लागि हल तथा मञ्च व्यबस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिस्ट्रेसनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिनुभयो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय बोर्ड सदस्यमा मनोनित हुनु भएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तैगरी संघको विधान संशोधनको लागि सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकमा कोरोना महामारीका कारण संघका गतिबिधि समेत प्रभावित भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले त्यसका बावजुध पनि संघले उल्लेखनीय काम गरेको जानकारी गराउनु भएको थियो । संघले गर्ने कार्यक्रममा बोर्डका पदाधिकारी सदस्यहरुलाई रचनात्मक सहयोगको लागि समेत आग्रह गर्नुभयो ।

बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजु, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल लगायत पदाधिकारी सदस्यहरुले धारणा राख्नुभएको थियो ।

 
 
  
 

You may also like